Skip to main content

अबको २ महिनाभित्रै शेयर कारोबार अनलाइनमा

काठमाडौं । नेपालमा अब छिट्टै नै शेयरको कारोबार अनलाइनमार्फत हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आज राजधानीमा एक कार्यक्रमको आयोजना अबको दुई महिनाभित्र अनलाइन ट्रेडिङ शुरू हुने जानकारी दिएको हो ।
 
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ बढीमा २ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् । 
 
गत असार मसान्तदेखि नै अनलाइन शेयर कारोबार शुरू गर्ने नेप्सेको तयारी रहे पनि सो अवधिमा आएका विभिन्न समस्याका कारण केही ढिलाइ भएको उनले जानकारी गराए । कात्तिक मसान्तसम्म अनलाइन कारोबार जसरी पनि शुरू हुने र अनावश्यक हल्लाको पछाडि नलाग्न पनि उनले सबैलाई आग्रह गरे । 
 

 

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: