गुँरास लघुवित्तको पहिलो कारोबार रू. ९२.७२ देखि २७८.१६ सम्म
नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) गुँरास लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबारका लागि रू. ९२ दशमलव ७२ देखि २७८ दशमलव १६ सम्म मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थको ३ गुणा सम्म मूल्य तोक्ने गरेको छ ।